जन्मभुमि खबर ,
पोखरा ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको सवारी दुर्घटनामा निधन भएको छ ।
मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको हो ।
पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग.९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग.३च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाइते खत्रीलाई जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।