जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जीबी राईका जेठान ज्ञानबहादुरलाई १० लाख धरौटीमा छोड्न आदेश

जन्मभुमि खबर ,

पोखरा ।

जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी मुद्दामा ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । उनी फरार अभियुक्त गितेन्द्रबाबु राई (जीबी) का जेठान हुन् ।

न्यायाधीश शंकरकुमार राईको इजलासले बयान र थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो । पक्राउ पुर्जी जारी भएदेखि नै फरार रहेका उनी आइतबार मात्रै कास्की जिल्ला अदालतमा उपस्थित भएका थिए ।  धरौटी बुझाएसँगै उनले अब बाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् । सूर्यदर्शन सहकारीका उनी पूर्वअध्यक्ष पनि हुन् ।