जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको सुचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेश सरकारले ऋषिपञ्चमीको दिन महिला कर्मचारीलाई पनि सार्वजनिक बिदा नहुने जनाएको छ ।

प्रदेश सरकारका सूचना अधिकारी प्रवीण ढकालले जारी गरेको सूचनामा भनिएको छ, ‘ २०८२ भदौ १२ गते बिहीबार, ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा (महिला कर्मचारीलाई समेत) नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

यद्यपी गण्डकी प्रदेशको राजपत्रमा पनि उक्त बिदा समावेश भने छैन । नेपाल सरकारको राजपत्रमा पनि महिला कर्मचारीलाई हरितालिका तिजको दिनमा मात्र बिदा दिइएको छ ।

निजी संघसंस्थाहरूले पनि ऋषिपञ्चमिमा पनि बिदा दिने गरेका छन् ।