जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आफुलाई अनुकुल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न यातायात विभागको अनुरोध ,तत्काल जडान नगर्नेलाई कारबाही नहुने

जन्मभुमि खबर ,

पोखरा ।

यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने जनाएको छ।

विभागले मंगलबार सूचना जारी गरेर सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश: जोड्दै लैजाने निर्णय भएको भए पनि असोज १ गतेदेखि जडान नगरे कारबाही नहुने जनाएको हो ।

असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने विभागले उल्लेख गरेको छ ।

आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वः स्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न विभागले आग्रह गरेको छ ।

विभागले विभाग एवं प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारी धनीहरूको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको व्यहोरा जनाएको छ ।