जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘मेरी बास्सै’ मा अप्सरा बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन

जन्मभुमि खबर ,

पोखरा

कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ।  हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका निर्वाह गरेर चर्चामा आएकी श्रेष्ठको शुक्रबार निधन भएको हो ।

केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको पारिवारिक श्रोतले बताएको छ ।  ‘मेरी बास्सै’ सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो पात्रको भूमिकामा अभिनय गरेकी थिइन् ।

स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन् ।  कलाकारितामा लामो समय बिताएकी लक्ष्मीले ‘जिरे खुर्सानी’ ‘कान्छी’, ‘उल्टो सुल्टो’ सहित अन्य केही सिरियल, थुप्रै फिल्म र म्युजिक भिडिओमा समेत अभिनय गरेकी छन् । उनी शिवहरि पौड्यालको निर्देशनमा बनेको फिल्म लक्का जवानमा समेत देखिएकी थिइन् ।