जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा छाता ओडेर सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन (तस्वीरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

सुनचाँदी व्यवसायीले पोखरामा पनि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाइएको भन्दै सुनचाँदी व्यवसायी छाता ओडेरै नाराबाजीसहित विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।

gold-protest-2-1751623582.JPG
उनीहरूले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रस्ट नीति नियमावली निर्माण गर्न माग गरेका छन् ।

gold-protest-3-1751623594.JPG
पोखराको पृथ्वीचोकबाट सुरु भएको विरोध र्‍याली सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

gold-protest-4-1751623605.JPG