जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुग्लिन–नारायणगढ सडकखण्डमा गाडीमाथि खस्यो ढुंगा, तीनजना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको भारतीय गाडीमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् ।

तुइनखोला पुल नजिकै गुडिरहेको गाडीमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

“गाडीमाथि ढुंगा खसेको छ,” उनले भने ।  उनका अनुसार घाइतेको संख्या तीन रहेको छ ।

गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको गाडीमाथि ढुंगा खसेको हो । यूपी ८० जीपी २९२८ नम्बरको भारतीय कारमा ढुंगा खस्दा त्यसभित्र रहेका यात्रु घाइते भएका हुन् ।