जन्मभुमि खबर ,
पोखरा ।
सरकारले देशका विभिन्न ४ वटा ठाउँमा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना गरेको छ ।
पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर विभिन्न क्षेत्रमा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापना र सञ्चालन गर्ने निर्णय गरेको हो ।
जसमा पशु क्वारेन्टाइन कार्यालय पोखरा अन्तरगत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको स्थायी चेकपोष्ट र कोरला मुस्ताङमा सीमा लक्षित स्थायी चेकपोष्ट , पशु क्वारेन्टाइन कार्यालय वीरगन्जमा अन्तरगत मटिअर्वा, बारामा सीमा लक्षित गर्दै स्थायी चेकपोष्ट स्थापना गरेको हो ।
यस्तै पशु क्वारेन्टाइन कार्यालय भैरहवा अन्तरगत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको स्थायी चेकपोष्ट स्थापना गरेको छ ।
निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु विकास सचिव डा. दीपककुमार खरालले जानकारी दिए ।