जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पौडी खेल्ने क्रममा बेपत्ता प्रस्याङ्गका पुरूषको शव फेला

जन्मभुमि खबर,
पोखरा ।

पोखरामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पुरूषको शव फेला परेको छ ।

पोखरा महानगरपालिका-१७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका-५  प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो ।

आइतबार बिहान सशस्त्र प्रहरीले  शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘गोताखोरसहितको सुरक्षा फौजले त्रिपाठीको शव घटनास्थलको करिव ३० फिट गहिराईबाट निकालेका हौं,’ उनले भने ।