‘सार्वजनिक यातायात बचाउ संघर्ष समिति’ले आन्दोलन दोस्रो दिन काठमाडौँको माइतीघरमा कालोझण्डा सहित विरोध र्याली निकाले छन् ।
७ बुँदे मागसहित चरणवद्ध आन्दोलन थालेका यातायात व्यवसायीहरुले विरोध स्वरुप गाडीमा कालो झण्डा राखेका छन् भने निधारमा कालोपट्टी समेत बाँधेका थिए ।
उनीहरुले बागमती प्रदेशका सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप तत्काल बन्द गर्नुपर्ने लगायतको ब्यानर बोकेर विरोध गरेका हुन् ।
हिजो आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् ।
उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् ।
-1748761383.jpg)
-1748761383.jpg)
-1748761381.jpg)
-1748761381.jpg)
-1748761379.jpg)
-1748761379.jpg)
-1748761378.jpg)
-1748761378.jpg)
-1748761377.jpg)