जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अलपत्र यात्रुलाई आज पनि स्कर्टिङबाटै गन्तव्यमा पुर्‍याइँदै

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि आज आइतबार पनि स्कर्टिङ गरिएको छ ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले १६ जेठदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई १८ जेठ आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन लागिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सिमाना कोत्रेसम्म स्कटिङ गर्ने छ भने त्यहाँबाट मनकामना गण तनहुँले स्थानीय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउने सशस्त्र प्रहरी सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानामासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रुपमा उनीहरूको गन्तव्य स्थानसम्म पुर्‍या इने छ । २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन् ।

शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन पोखरा आएका करिब १५ सय परीक्षार्थीलाई प्रहरीको स्कटिङमा पर्यटक बस र स्कुल बसमा मुग्लिन पठाइएको छ ।

यसअघि शनिबार पनि सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेको थियो ।