जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा आउँदै गरेको बस सुन्दरीबजारमा दुर्घटना हुँदा दुई जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको सुन्दरीबजारमा बस दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । काठमाडौंदेखि पोखरा आउँदै गरेको ग १ ख १८८८ नम्बरको यात्रुबाहक बस शनिबार बिहान साढे ४ बजे पोखरा–२६, सुन्दरीबजारमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार तीव्र गतिमा रहेको गाडी चालकले नियन्त्रण गुमाउँदा नालीमा खसेर दुर्घटना भएको हो ।

बसमा चालक र सहचालकसहित ९ जना यात्रु थिए । २ घाइतेको उपचार भइरहेकोमा छ । अरु सकुशल छन् ।