जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा बढी भाडा असुल्ने १५ जना इन ड्राइभ राईडरहरू कारबाहीमा

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा बढी भाडा असुल्ने १५ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् ।

इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई कारबाही गरेको हो ।

पोखराका विभिन्न स्थानहरुबाट इन ड्राइभ राईडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि १५ वटा सवारी साधन सहित नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रहरीले जनाएको छ।