जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा बढी भाडा असुल्ने In Drive राईडरहरूलाई कारबाही गरिएको छ ।
आज राती ८ बजे को समयमा In Drive राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलिले ८ जनालाई नियन्त्रणमा लिएर छाडिएको छ ।
विभिन्न स्थानहरुबाट In Drive राईडरहरूलाई
चेकजाँच गर्दां बढी भाडा लिएको पाइएको हुँदा ८ बटा सवारी साधन सहित नियन्रणमा लिई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिएका छन ।