जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कमल थापा र दीपक सिंहसहित सात जना छुटे, रक्सी खाएका एक जना थुनामै

जन्मभुमि खबर ,

पोखरा ।

राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता एवं सांसद दीपक सिंहसहित सात जना रिहा भएका छन् । पक्राउ परेका आठ जनामध्ये सात जनालाई प्रहरीले आइतबार राति रिहा गरेको हो ।

प्रहरीका अनुसार उनीहरूलाई स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा दिँदै जमानीमा छोडिएको हो । पक्राउ परेकामध्ये एक जना डा. राजीव झाले मापसे (मदिरा सेवन) गरेका कारण हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।