जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आज पनि पर्यटक गाडी स्कर्टिङ

जन्मभुमि खबर ,

पोखरा ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले पोखराबाट चितवन र काठमाडौं रुटका पर्यटक गाडीका यात्रुलाई आज पनि स्कर्टिङको व्यवस्था गरेका छन् ।

२० पर्यटक गाडी मध्ये १७ वटा काठमाडौँ र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

मुक्तिनाथ दर्शनबाट फर्किएका तीर्थयात्रीसहितको एउटा इभी भ्यानलाई पनि स्कर्टिङ मार्फत नै काठमाडौंको तर्फ ल्याइएको उनले बताए ।

सशस्त्रको नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो ।