जन्मभुमि खबर ,
पोखरा ।
पर्वतको फलेवास नगरपालिका–८, नेपानेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
फलामखानीतर्फ जाँदै गरेको ग १ ज ६९७ नम्बरको जिप पल्टिँदा फलेवास–८, ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार जिप सडकबाट झण्डै १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार, वडा नम्बर-८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् ।
घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।