जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘नक्कली प्रचण्ड’ बनेका हास्यकलाकार घनश्याम गौतमको निधन

जन्मभुमि खबर ,

पोखरा ।

 

हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुरको क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।

गएराति १२ः१० बजेको उपचारकै क्रममा उनको निधन भएको हो ।

प्रचण्ड’को लुक्समा क्यारिकेचर गरेर दर्शकमाझ लोकप्रिय बनेका थिए । गौतम गाईजात्रालगायत थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए ।

उनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए । सँगै काम गरेका हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।