जन्मभुमि खबर,
पोखरा ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ । मेयर र उपमेयरको विवादपछि उपमहानगरपालिका कार्यालय बाहिर समर्थकहरुबीच झडपको अवस्था सिर्जना भएको हो ।
आज दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षमा मेयर र उपमेयरबीच वडा नम्बर १६ मा ग्याबिन जाली राखिएको भुक्तानीबारे विवाद भएको थियो । विवाद भएको थाहा पाएपछि दुवै पक्षका समर्थकहरु उपमहानगरको कार्यालयअघि पुगेका थिए ।
केही समय दुई पक्षले एक अर्काविरुद्ध नारवाजी गरेका थिए । अहिले उक्त ठाउँमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।