जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको मादी गाउँपालिका १ मा पहिरोले पुरिएर दुई वटा भैंसी मरे , चार घरमा क्षति

जन्मभुमि खबर ,
पोखरा ।

गएरातिको अविरल बर्षाले कास्कीको मादी गाउँपालिका वडा नम्बर १ खिलाङमा पहिरोले पुरिएर दुई वटा भैंसी मरेका छन् । पहिरोले दुई वटा घरमा क्षति भएको छ ।

घरमाथिबाट खसेको पहिरोले गोठमा पूर्ण क्षती भएको रमादी–१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए । प्रहरी आएपछि पुरिएको भैंसीको निकालिने उनले बताए । पहिरो पन्छाउने काम बिहानैदेखि भइररहेको उनले जानकारी दिए ।

मादी–६ भेडीखर्कमा ३ वटा र सयपत्री टोलमा चार वटा घरमा क्षति पुगेको मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए । भेडीखर्कका वीरबहादुर रानाको दुई वटा र सन्तबहादुर राना र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा क्षति पुगेको हो । प्रभावितहरुलाई सुरक्षित स्थानमा राख्ने र पुनःस्थापनालाई तीव्रता दिइने क्षेत्रीले बताए ।

’घटनामा मानवीय क्षति भएको छैन । चार वटै घरमा बस्न मिल्ने अवस्था छैन । कुनैको जगबाटै गएको छ, कुनै पुरिएको छ । आँगन, धारा पुरिएका छन् । वर्षाले खेतीमा पनि क्षती पुगेको छ । काहुँखोला—सिक्लेस सडक अवरुद्ध भएका छन्,’ उनले भने ।