जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिलिङ्गे कुषि सहकारीको शेयर रकममा बृद्धि

जन्मभुमि खबर ,

पोखरा ।

सिलिङ्गे कुषि उत्पादन सहकारी सहकारी सस्थाको शेयर रकममा गत बर्षको तुलनामा झण्डै १० लाखले बृद्धि भएको छ ।
आर्थीक वर्ष २०८१/८२ मा पाँच करोड ८२लाख २२ हजार तीन सय रहेको र चालु आर्थीक वर्षमा २०८२/८३ मा शेयर रकममा बृद्धि भई पाँच करोड ९० लाख ९७ हजार आठ सय पुगेको हो ।
सहकारीको क्षेत्रमा देखिएका समस्याका कारण प्राय सहकारीमा शेयर रकम घटिरेको आवस्था रहेपनि पोखरा महानगरपालिका वडा नं २६ को बुढिबजारमा रहेको सिलिङ्गे कुषि उत्पादन सहकारी सस्थामा भने शेयर सदस्य सगसगै शेयर पुँजीमा पनि बृद्धि भएको बताईएको छ ।

सस्थमा गत वर्ष एक हजार एक सय ८७ जना शेयर सदस्य रहेकोमा यस आर्थीक वर्ष २०८२/८३ मा एक हजार दुई सय ३८ पुगेको आईतबार सम्पन्न १८ औं बार्षिक साधारणमा जानकारी गराईको हो ।

यसैविच कार्यक्रमको उद्घाटन गदैै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले सहकारीको मुल मर्म भनेकै एक आपसमा सहकार्य भएकाले सानो सानो पुँजीले पनि ठुलो काम गर्ने धारणा राखेका थिए । साथै अध्यक्ष थापाले सस्थाले पछिल्लो समयमा उल्लेखी रुपमा प्रगति गर्दै आएको र आगामी दिनमा सस्थालाई अझ बढि बलियो र प्रभावकारी बनाउनका लागि सरल तरिकाले ऋण प्रवाह गरि शेयर सदस्यलाई कृर्षि उत्पादनमा जोड्न आग्रह गरे ।

सोही अवसरमा सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले आगामी दिनमा कृर्षि उत्पादन बढाउनका लागि आधुनिक प्रविधि, उन्नत विउ,आधुनिक कृर्षि औजार,शिप ज्ञान र तालिम उपलब्ध गराई उत्पादित बस्तुको बजारीकरणका योजना ल्याउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष कृष्णहरि ढुगानाले सस्थाका आर्थीक अवस्था र सुधार गर्नु पर्ने पक्षका वारेमा जानकारी गराएका थिए भने सस्थाक अध्यक्ष देबेन्द्र रानाभाट, सल्लाहकार मुरारी शर्मा,शेयर सदस्यहरुको तर्फबाट श्यामा भटराई सिग्देल,कार्यसमिति सदस्य गोमा पतानी,ब्यवस्थापक बिकास रानाभाट,लेखा संयोजक सन्दिप ढुगाना,लगाएतले अवका दिनमा सहकारीको वित्तिय स्थीतिका बारेमा स्वयम सेयर सदस्यहरुले पनि चासो राख्नु पर्ने सुझाव राखेका थिए । सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मिरा सिग्देलले गरेकी थिईन ।