सुनको मुल्य साढे चारहजार रुपैयाँले घट्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला चारहजार ६०० रुपैयाँ घटेर एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो ।
आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।