जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सरदरभन्दा १५ दिनअघि नै नेपाल भित्रियो मनसुन

जन्मभुमि खबर ,

पोखरा ।

नेपालमा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ। यसपालि मनसुन सरदरभन्दा १५ दिन अगाडि नै नेपाल भित्रिएको हो ।

गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन भित्रिएसँगै कोशीका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ।

यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको छ ।

नेपालका अन्य भू–भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्‍ने महाशाखाले जनाएको छ। हाल देशको बाँकी भू–भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत छ।

सन् २०२३ मा जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो ।

adfssaf-1748600926.jpg