जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्युत् पोलको काम गर्दा करेन्ट लागेर विद्युत् प्राधिकरणकै कर्मचारीको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

रुकुम पश्चिममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका—३ का २९ वर्षीय खिमबहादुर खड्का रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

उनी नेपाल विद्युत् प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत थिए । बिहीबार राति १० बजेतिर मुसिकोट नगरपालिका—४, बोहोरागाउँस्थित विद्युत् पोलको काम गर्न गएका थिए ।