जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा र भैरहवा विमानस्थलमा उडान गर्ने विमान कम्पनीलाई सुविधा दिइने

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न हवाइ सेवा कम्पनीहरुलाई सुविधा दिइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ बजेटमा छुट सुविधा दिइने उल्लेख गरेका हुन् ।

काठमाडौंमा केन्द्रित हवाइ कम्पनीलाई भैरहवा र पोखरामा लैजान कर छुट दिने र प्रोत्साहन गर्नेछ ।

आन्तरिक विमानस्थलको व्यवस्थापनका लागि ५० करोड विनियोजन भएको छ ।