जन्मभुमि खबर ,
पोखरा ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ । मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले बगाएको हो ।
गएराति जन्ती पुर्याएर फर्किने क्रममा त्रियुगा नदीमा बस फसेको थियो । बसमा चालक र सहचालक मात्रै रहेकाले उनीहरू सकुशल रहेको इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बताए ।