जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट लागुऔषध सहित २ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

पोखराबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-१३ मा लागूऔषध कारोबार भैरहेको गोप्य सूचना पाएपछि छापा मार्दा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा धुलाबी घर भइ पोखरा ८ जाल्पारोड बस्ने २४ वर्षका सुवास राजवंशी र पोखरा ९ पृथ्वीचोक बस्ने ३५ वर्षका लक्ष्मण गुरुङ छन् । उनीहरुको साथबाट सिरिन्ज सहित लागू औषध बरामद भएको छ ।

वुप्रि नर्फिन ९ एम्पुल, डाईजपाम ९ एम्पुल र फेनरागन ९ एम्पुल गरी २७ एम्पुल बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरुबाट २९ हजार ५ सय रुपैयाँ नगद पनि बरामद भएको छ ।

दुवैजनालाई लागू औषध मुद्दामा ७ दिन म्याद थपेर अनुसन्धान भैरहेको छ ।