जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

जन्मभुमि खबर ,

पोखरा ।

तीनकुने घटनामा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि बैसाख २९ गते अदालतले दिएको ५ दिनको म्याद सकिएपछि उनलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत लगिएको थियो ।  जसमा न्यायाधीश क्षेत्रीको इजलासले ४ दिनको म्याद दिएको काठमाडौँ जिल्ला अदालतका प्रवक्ता दिपककुमार श्रेष्ठले बताए ।

चैत १५ गते तीनकुनेमा आतंक मच्याएको आरोपमा उनीमाथि प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

तीनकुनेमा घटनापछि फरार बनेका उनीलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भारतको आसामबाट पक्राउ परेका उनीलगायत अन्य प्रतिवादीको हकमा समेत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

राजसंस्था पुर्नस्थापनाको माग गर्दै चैत १५ गते तिनकुनेमा पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु भएको थियो भने करोडौँको क्षति भएको थियो ।