जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हजुरआमाको चप्पल लिन नारायणी नदिमा डुबेका दिदिभाइको शव फेला

 

जन्मभुमि खबर,

पोखरा ।

नारायणी नदीमा डुबेको दुईजनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ ।

पूर्वी (नवलपरासी)को गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुवैजनाको शव सशस्त्र प्रहरीको गोताखोरले आज निकालेको छ ।

गैडाकोट–१ बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वपनिल सेर्पुञ्जा चैत २६ गते (मंगलबार)  नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ बजे र दीक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट साढे १२ बजे निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरूको उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट परिचालित भएको थियो ।