रघुजी पन्त शिक्षामन्त्री, शपथ भोलि
जन्मभुमि खबर ,
पोखरा ।
नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बनेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
