जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मनाङमा लेक लागेर कोरियाली नागरिकको ज्यान गयो

जन्मभुमि खबर ,
पोखरा ।

तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ। जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।

मृतक पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको उनको भनाइ छ । उनले शव सदरमुकाम ल्याएपछि परीक्षणका लागि चामेमै गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय हुने बताए ।