जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा लमजुङका युवकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा लमजुङका युवकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–६ बुलौदीस्थित सडकमा हल्लन चोकबाट जिरोतर्फ जाँदै गरेको ग.१३ प. ५९९८ नम्बरको मोटरसाइकल आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार पोखरा बस्ने लमजुङ घर भएका २९ वर्षीय बुदी गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।