जन्मभुमि खबर ,
पोखरा ।
प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो ।
बोर्डिङ पास भएर उनी र उनका अंगरक्षक दीपक खड्कासमेत प्लेन चढिसकेका छन् । उनीहरुलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक घटनापछि भागेर भारत गएका प्रसाईं आसामबाट पक्राउ परेका थिए । उनलाई आज बिहान झापा ल्याइएको थियो ।