जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राजावादी समूहले खोसे सुरक्षाकर्मीको राइफल , प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते

जन्मभुमि खबर ,
पोखरा ।

राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएको छ । अराजक समूहले सुरक्षाकर्मीको राइलफल समेत खोसेका छन् ।

सशस्त्र प्रहरी बलका महिला जवानमाथि राजावादीले आक्रमण समेत गरेका छन् ।

तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।

झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् । झपडका क्रममा घाइते भएकामध्ये ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।

यस्तै प्रदर्शनकारीतर्फ पनि दर्जनौँ घाइते भएका छन् ।