जन्मभुमि खबर ,
पोखरा ।
राजावादीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका छन् ।
तीनकुनेमा आक्रामक भएका राजावादीहरूले आलोनकगरस्थित एकीकृत समाजावादीको पार्टी कार्यालय तोडफोड गरेका हुन् ।
प्रदर्शनकारीहरूले हानेको ढुंगाले पार्टी कार्यालयको झ्यालको सिसा फुटेका छन् ।
प्रदर्शनकारीहरू पार्टी कार्यालयभित्रै पसेर त्यहाँका सोफाबाहिर ल्याएर आगजनी गरेका छन्। प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिन सकेको छैन ।