जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

धवलशमशेर जबरा र रवीन्द्र मिश्रलाई पाँच दिन म्याद थप

जन्मभुमि खबर ,

पोखरा ।

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ ।

उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ । अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई मंगलबारसम्म थुनामा राख्न पाउनेछ ।

अदालतले अन्य ३० जनालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।