जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

त्रिशुली तिरैतिर पोखरा लैजाँदा मेरो ज्यान खतरामा थियो,मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट पोखरा लैजाँदा मध्यरातमा लगेको र त्यतिबेला आफ्नो ज्यान जोखिममा भएको बताएका छन् ।

६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा फर्किएर बैठकको अध्यक्षता गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर दु:ख दिएको बताएका हुन् ।

‘हामीले राणा शासन देखेका छैनौँ, पञ्चायत झेल्न परेन तर मलाई यो दौरान राज्यले गर्ने राजनीतिक प्रतिशोध र दिने यातना कस्तो हुन्छ भन्ने पिडादायक अनुभूति गरायो,’ उनले भने, ‘यो दौरानको समय कति पीडादायक थियो भन्ने सम्झिँदा पनि पीडादायक छ। आजको दिनमा यो लादिएको पिडा र सबै सङ्घर्षहरू केबल राजनीतिक प्रतिशोधको उपज हो भन्ने भाष्य स्थापित भइसकेको छ ।’

उनले चितवनबाट पोखरा लैजाँदा आफ्नो डायरी खोसिएको पनि बताए ।

‘चितवनबाट मध्यरातमा त्रिशूलीको तिरैतिर लग्दै गर्दा मलाई मार्न खोज्दैन भन्ने लागेको थियो र मेरो ज्यानको खतरा थियो,’ उनले भने, ‘मेरो डायरी खोसियो र कहाँ जलाइदियो थाहा छैन । नख्खुमा बाढी पहिरोको चपेटामा परेका ४ नागरिक बचाउन भिजिबिलिटी नपुगेको गृह मन्त्रालय र अस्ति तीनकुनेमा ४ हजारलाई सम्हाल्न नसकेको सरकारले सबै शक्ति केबल हामीमा गरिने प्रहारमा प्रयोग गरिरहेको छ ।’