जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा च्याउ खाएर बिरामी भएका एक जनाको उपचारको क्रममा मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।