जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सचिव कुट्ने एमालेका वडाअध्यक्ष प्रहरी हिरासतमा

जन्मभुमि खबर ,
पोखरा ।

बिल पास नगरेकाे निहुँमा सचिवलाई कुटेर घाइते बनाउने वडाअध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । तनहुँकाे बन्दीपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुषाललाई साेमबार बिहान कार्यालय समयमा कुटपिट गरेका थिए । कुटपिट गर्ने वडाध्यक्षलाई पक्राउ गरि अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

भलिबल प्रतियोगिताको बिल भुक्तानी गर्ने सम्बन्धमा वडाध्यक्ष र सचिव बिच विवाद भएकाे थियाे । सचिव भुषालले कागजत अध्ययन गरेर प्रक्रिया बढाउने बताएपछि अध्यक्ष गुरूङले कुटपिट गरेकाे बताइएकाे छ  ।

कुटपिटबाट घाइते भएका वडासचिव भुषाललाई बन्दीपूर अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि भरतपुर रिफर गरेका छन् । उनको गाला र घाँटीमा चोट लागेको छ ।

कुटपिट गर्ने वडाअध्यक्ष गुरूङ नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् ।