जन्मभुमि खबर ,
पोखरा ।
सरस्वतीको मूर्ति सेलाउने क्रममा बागमती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।
रौतहटको राजदेवी नगरपालिका-६ मा रहेको वाग्मती नदीमा सरस्वती पूजाको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएका थिए ।
मूर्ति सेलाउने क्रममा नदीमा डुबेर बेपता भएका यादवको मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए। उनको शव आज बिहान उनी डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दिपककुमार रायले बताए ।
पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको छ ।