जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बेनीको कुमारी बहुउद्देश्यीय सहकारीको डेढ अर्ब अपचलन प्रकरणमा थप एक जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ सम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० मा पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए ।

पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीको १ अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् ।