जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगर कार्यसम्पादन मुल्यांकनमा देशमै उत्कृष्ट

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजा सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको आयोगले जनाएको छ ।

पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको कार्यसम्पादन मूल्यांकन (लिजा)मा उत्कृष्ट बन्न सफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्यांकनमा पोखरा उत्कृष्ट बन्न सफल भएको हो ।

९३.५ प्रतिशत अंकसहित पोखरा पहिलो स्थानमा रहँदा काठमाडौं महानगरपालिका ८२.७५ प्रतिशत अंक सहित दोस्रो स्थानमा छ ।

महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल भएको मेयर धनराज आचार्यले बताए । उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो ।