जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

डिस्चार्जपछि मेयर आचार्य : आइसोलेसनमा छु, भेटघाट र बोलचाल गर्न मिल्दैन

जन्मभुमि खबर ,

पोखरा ।

पोखरामा भएको बेलुन विस्फोटमा परी घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य उपचारपछि अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन् ।

डिस्चार्जपछि आफू आइसोलेसनमा रहेको र केही समय भेटघाट नगर्न र नबोल्न चिकित्सकले सुझाव दिएको उनले उल्लेख गरेका छन् । ‘म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छु,’ आचार्यले फेसबुकमा लेखेका छन्, ‘डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले फोन उठाउन सकेको छैन ।

पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्य बिहीबार कीर्तिपुरस्थित बर्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका हुन् । उनीसँग सोही विस्फोटमा परेर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै डिस्चार्ज भइसकेका थिए ।

https://www.facebook.com/share/p/161ybX6ZmF/