जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकामा कांग्रेसका जनप्रतिनिधिले लगाए ताला

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन् । आज उनीहरूले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् ।

बहुमत सदस्य उपस्थित हुँदा पनि मेयरले नगर सभा स्थगित गरेको विरोधमा उनीहरूले ताला लगाएका हुन् । ‘बहुमतको हस्ताक्षर छ । नगर सभा स्थगित गर्नुपर्ने कारण छैन,’ वडाध्यक्ष सन्तोष बास्तोलाले भने, ‘मेयरले सभा स्थगित गरेपछि विरोधमा ताला लगाइएको हो ।’

यसअघि नगर सभा बैठक एमालेले बहिष्कार गरेका थिए । एमालेको बहिष्कारपछि सभा स्थगित गरिएको हो ।