जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशसभाको अधिवेशन २१ माघका लागि आह्वान

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशसभाको अधिवेशन २१ माघका लागि आह्वान गरिएको छ ।

शुक्रबार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम २१ माघको दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि गण्डकी सरकारले २१ माघमा प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।