जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जाजरकोटमा जिप दुर्घटना, पाँचजनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

ग ३ च ९४४५ नम्बरको जिप गएराति दुर्घटना हुँदा  नलगाड नगरपालिका–३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

घाइतेमध्ये एकजनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।