जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी काण्ड : कतार जान लागेका गुरुङ विमानस्थलबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण गुरुङ छन् ।

पोखरा घर भएका गुरुङ सूर्यदर्शनको सञ्चालक समिति सदस्य हुन् । कतार जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले बताए । उनले भने, ‘उहाँ हाम्रो पक्राउ गर्नुपर्ने सूचिमा हुनुहुन्थ्यो ।’

हाल सूर्यदर्शन सहकारीसहित थप चार सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्वगृहमन्त्री रवि लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीसमेत कास्की प्रहरीको थुनामा छन् ।