जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कारको ठक्करबाट बिजुलीको पोल ढल्यो

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा गएराति कारको ठक्करबाट बिजुलीको पोल ढलेको छ।

पोखरा महानगरपालिका वडा नम्बर १२ माटेपानीमा गएराति निजी कारले ठक्कर दिँदा बिजुलीको पोल भाँचिएको हो।

पोखरा १३ भद्रकालीबाट रानीपौवातर्फ आउँदै गरेको बा१५च ६९५८ नम्बरको कार माटेपानीस्थित बिजी हस्पिटल नजिकै बिजुलीको पोलमा ठोक्किएको हो ।

कार चालक भने पोखरा-१३ का ४३ वर्षीय अम्बर सापकोटा सकुशल छन् ।

चालक सापकोटाले मादक पदार्थ सेवन गरेर तीव्र गतिमा कार चलाएका कारण कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएन। पोल बिच सडकमा खसेकाले सवारी साधन आवागमनमा अवरोध भएको छ । विद्युत प्राधिकरणले भाँचिएको पोलको मर्मत गरिरहेको छ ।