जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आज र भोलि फेवा संवाद हुुँदै

जन्मभुमि खबर ,
पोखरा ।

त्रिभुवन विश्वविद्यालय र चीनको सिछुवान विश्वविद्यालयको संयुक्त आयोजनामा आजदेखि पोखरामा फेवा संवाद हुुने भएको छ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक खड्ग केसीले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सहकार्य अभिवृद्धि गर्नु सम्मेलनको उद्देश्य भएको बताए ।

संवादका माध्यमबाट विश्वका प्रभावशाली मुलुकका विश्विद्यालयसँग सहकार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आङ्काक्षा पूरा गर्ने दिशामा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

सम्मेलनमा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलङ्काबाट तीन–तीन जनाका साथै भुटान, मलेसिया, सिङ्गापुर, इण्डोनेसियाका विश्वविद्यालयबाट प्रध्यापकहरू सहभागी हुने जानकारी दिए ।

सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।