जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आफैँले चलाएको मोटरसाइकल पल्टिँदा कमेडियन महराको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ३० वर्षीय हिक्मत महरा दुर्घटनामा परेका हुन् ।

महरा स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शीर्ष ४ मा पुगेका थिए। रियालिटी शोमा दिएको प्रस्तुतिले उनी चर्चामा आएका थिए ।

उनै उदीयमान कमेडियन महराको दुर्घटनामा निधन भएको हो । महराले चलाएको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ मा दुर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सु.प.प्र.०१–००१ क २०६० नम्बरको रोकेर राखेको ट्रक देखेर महराले चलाएको म २ प ९११७ नम्बरको मोटरसाइकलको एक्कासि ब्रेक लगाउँदा मोटरसाइकल पल्टिएको थियो ।

थप अनुसन्धानका लागि ट्रक चालक धनगढी उपमहानगरपालिका–४ बोराडाडीका ५४ वर्षीय नन्दसिंह बोहरा प्रहरीले नियन्त्रणमा लिएको छ ।